> त्यसरी होओस् मरण (भिडियो) - Rupindra Prabhavi


 

Thursday, September 3, 2020

त्यसरी होओस् मरण (भिडियो)

 


रचनाः राष्ट्रकवि माघव घिमिरे 
स्वरः कर्णदास
सङ्गीतः आशिष अविरल

त्यसरी होओस् मरण

जसरी सुत्छन् तारमा गीतका चारु चरण                           

R%2Bkabi%2B77

हिमालचुली देशमा, दिनको शान्त भेषमा

जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण

त्यसरी होओस् मरण 

 ...

सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन

 बिहानीपख रातको, कुसुम पारिजातको

जसरी जान्छ झरेर, भुइँमा विनापवन

त्यसरी होओस् मरण 

...

मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन

बादलको सेतो राशमा, दुइटा मूर्ति पासमा

जसरी शिर नुहाई, आफैंँमा हुन्छन् अर्पण

त्यसरी होओस् मरण 

...

अमरापुरी सभामा आफैंँलाई गरूँ वरण

त्यसरी होओस् मरण ”



No comments:

Post a Comment