कवि रामप्रसाद ज्ञवालीको ‘उज्यालो यात्रा’ कविताको लयबोध र कवि परिचय (भिडियो) - रुपिन्द्र प्रभावी

Friday, April 21, 2023

कवि रामप्रसाद ज्ञवालीको ‘उज्यालो यात्रा’ कविताको लयबोध र कवि परिचय (भिडियो)

 


कवि रामप्रसाद ज्ञवालीको व्यक्तिगत विवरण

 

नाम               :  रामप्रसाद ज्ञवाली (पिएचडी)

जन्ममिति          :  २०२४/०१/११

जन्मस्थान          :  गुल्मी जिल्ला, थानपति गाविस, वडा नं.३ (हाल : रुरु गाउँपालिका)

मातापिता          :  कुन्तादेवी ज्ञवाली, दुर्गाप्रसाद ज्ञवाली

हालको बसोवास    :  बुढानीलकण्ठ नगरपालिका, वडा नं.१२, कपन

राष्ट्रियता           :  नेपाली

औपचारिक शिक्षा   :  एम.ए. (नेपाली), प्रथम श्रेणीमा सर्वप्रथम,

                    विद्यावारिधि (शीर्षक : नेपाली महाकाव्यमा वर्गीयता र वर्गद्वन्द्वको अभिव्यक्ति)

शिक्षण अनुभव     :  ३८ वर्ष, मावि तहदेखि एमए र पिएचडीसम्मका विद्यार्थीलाई शिक्षण

हालको संलग्नता   :  त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन

 

डा. रामप्रसाद ज्ञवाली

प्रकाशित कृतिहरू  

(क) समालोचनातर्फ

   १. आख्यानकार पारिजात (सहलेखन, २०५८)

   २. पाश्चात्य साहित्य सिद्धान्तको सरल व्याख्या (२०६३)

   ३. फुटकर कविताका केही बान्कीहरू (२०६४)

   ४. तेस्रो आँखाको आलोचना (२०६७)

   ५. महाकाव्य सिद्धान्त र नेपाली प्रयोग (२०६८)

६. फरक समालोचना (२०७०)

७. कविता समालोचना (२०७०)

८. खण्डकाव्य समालोचना (२०७०)

९. उपन्यास समालोचना (२०७०)

१०. कथा समालोचना (२०७०)

११. निबन्ध समालोचना (२०७०)

१२. नेपाली महाकाव्यमा वर्गीयता र वर्गद्वन्द्व (२०७०)

१३. परिचय समालोचना (२०७०)

१४. सम्पादकीय तथा अन्य समालोचना (२०७०)

१५. भूमिका समालोचना (२०७०)

१६. केही अवधारणा : केही समालोचना (२०७५)

१७. नेपाली बालकाव्यमा नीतिचेतना (२०८०)

 

ख) कविताविधा

   १. औँसीका फुलहरू (महाकाव्य), २०५३

   २. पुतली र झुसिल्किरा (कवितासङ्ग्रह), २०५९

   ३. एकादेशमा (खण्डकाव्य), २०६१

   ४. असुरग्याँस ! (कवितासङ्ग्रह), २०६२

   ५. छन्द कविताको मधुर तरङ्ग (सिडी तथा क्यासेट), २०६४

   ६. शब्दार्थ–सौन्दर्य (कवितासङ्ग्रह), २०६८

   ७. शब्द–सौन्दर्य : लय–माधुर्य (डिभिडी), २०६८

   ८. हिँडी रहूँ हिँडी रहूँ (यात्राकाव्य), २०७२

   ९. स्वप्नदृष्टि (महाकाव्य), २०७४

   १०. ज्ञवाली सूक्तिसङ्ग्रह, २०७४

   ११. आरोहण (संयुक्त महाकाव्य, २०७४)

   १२. आशय (राष्ट्रिय गीतहरूको एल्बम) २०७५)

   १३. इन्द्रधनुष (कवितासङ्ग्रह, २०७६)

   १४. मृत्युञ्जयी (खण्डकाव्य, २०७८)

 

ग) उपन्यास

   १. परिवर्तनको मोडमा, २०५०

   २. जीवनका घुम्तीहरू, २०५३

 

घ) नाटक

   १. विवश आँसु (पूर्णाङ्की), २०४४

   २. सम्पत्ति (एकाङ्कीसङ्ग्रह), २०६३

 

ङ) निबन्ध (सहलेखन)

   १. निबन्ध मुना (सहलेखन), २०७१

   २. निबन्ध कोपिला (सहलेखन), २०७१

   ३. निबन्ध पुष्प (सहलेखन), २०७२

 

च) बालसाहित्य

   १. सानी परेवी र बाज (सचित्र बालकथा), २०६१

   २. आहा ! कति मिठो खीर (सचित्र बालकथा), २०६५

   ३. काला जादुको कथा (सचित्र बालकथा), २०६५

   ४. दयालु भावना (सचित्र बालकथा), २०६६

   ५. साहित्यकार रमेश विकल (औपन्यासिक जीवनी), २०६६

   ६. खुरखुरे छेपारो र सुृलुलु माछा (सचित्र बालकथा), २०६८

   ७. मञ्जु र कमिला (सचित्र बालकथा), २०७६

 

छ) व्याकरण

   १. उच्च माध्यमिक नेपाली व्याकरण, २०६७

 

ज) अनुवाद

   १. यस्तो म सोच्दछु (हृदयचन्द्रसिंह प्रधानद्वारा हिन्दीमा लिखित ग्रन्थ), २०६५

 

झ) ठुला ग्रन्थ सम्पादन

   १. भवानी घिमिरे विशेषाङ्क (२०६८)

   २. भानु स्वर्णवर्ष विशेषाङ्क (२०६९)

   ३. चेतकान्त चापागाईं विशेषाङ्क (२०७०)

   ४. स्याङ्जा साहित्य विशेषाङ्क (२०७०)

   ५. मेरो जीवनकथा (प्रा.डा.केशवप्रसाद उपाध्यायको आत्मकथाको ग्रन्थ), २०७४

 

ञ) उच्च शिक्षातर्फ पाठ्य तथा सन्दर्भपुस्तक (सहलेखन)

   १. अनिवार्य नेपाली, प्रवीणता प्रमाणपत्र तह २०५५

   २. अनिवार्य नेपाली (दश जोड दुई), २०५५

   ३. साधारण नेपाली (बी.एड.), २०५६

   ४. अनिवार्य नेपाली (स्नातक तह), २०५६

   ५. विशेष नेपाली (प्रवीणता प्रमाणपत्र तह), २०५६

   ६. अनिवार्य नेपाली निर्देशिका, २०५७

   ७. अनिवार्य नेपाली कार्यपुस्तक, २०५७

   ८. ऐच्छिक नेपाली (कक्षा ११), २०६६

           ९. ऐच्छिक नेपाली (कक्षा १२), २०६६

   ११. नेपाली कविता र प्रबन्ध–काव्य (बी.एड), २०६७

 

ट) माध्यमिक शिक्षातर्फ पाठ्य तथा सन्दर्भपुस्तक (सहलेखन)

   १. प्रवेशिका व्याकरण कक्षा ९ र १०, २०५७

   २. आधारभूत व्याकरण भाग १, २०५८

   ३. आधारभूत व्याकरण भाग २, २०५८

   ४. आधारभूत व्याकरण भाग ३, २०५८

   ५. प्रारम्भिक व्याकरण भाग १, २०५९

   ६. प्रारम्भिक व्याकरण भाग २, २०५९

   ७. रमाइलो व्याकरण भाग १, २०६०

   ८. रमाइलो व्याकरण भाग २, २०६०

   ९. रमाइलो व्याकरण भाग ३, २०६०

   १०. रमाइलो नेपाली क, २०६१

   ११. रमाइलो नेपाली ख, २०६१

   १२. रमाइलो नेपाली ग, २०६१

   १३. रमाइलो नेपाली १, २०६१

   १४. रमाइलो नेपाली २, २०६१

   १५. रमाइलो नेपाली ३, २०६१

   १६. रमाइलो नेपाली ४, २०६२

   १७. रमाइलो नेपाली ५, २०६२

   १८. रमाइलो नेपाली क, २०६१

   १९. रमाइलो नेपाली ख, २०६१

   २०. रमाइलो नेपाली ग, २०६१

   २१. मेरो प्यारो नेपाली (कक्षा १ देखि कक्षा ८ सम्म कुल ८ वटा (सहलेखन तथा सहसम्पादन), २०६६–...

  

ठ) साहित्यबारेका केही कार्य

   १. सम्पादक (२०४१–२०४२), सगरमाथा (वार्षिक मुखपत्र), हरिद्वार, भारत

   २. भाषा–सम्पादक (२०४८–२०५२), जनमत मासिक, बनेपा, काभ्रे

   ३. प्रधान सम्पादक (२०५५–२०५८), साहित्यिक अभियान, काठमाडौँ

   ४. भाषा–सम्पादक (२०५५–२०५७), विश्वज्ञान मञ्च, काठमाडौँ

   ५. सम्पादक (२०६४–२०६६), भानु नेपाली मासिक, काठमाडौँ

   ६. प्रधान सम्पादक (२०६६–२०७४), भानु नेपाली मासिक, काठमाडौँ

   ७. २०५० सालदेखि छन्दकविताको पुनर्जागरण अभियान सञ्चालन र २०५३ सालमा छन्दकविताको

      पुनर्जागरणको घोषणा र योजनानिर्माण

   ८. २०५४ सालदेखि (कवि देवी नेपालसँगको सहकार्यमा) छन्द कविताको पुनर्जागरण अभियान विधिवत् प्रारम्भ र प्रशिक्षण (त्यसको निरन्तरता आज पनि चलिरहेको)

   ९. २०५४ सालमा अभियान साहित्य प्रतिष्ठानको स्थापना र संस्थापक अध्यक्ष 

   १०. २०५४ सालमा उन्नतिशील नेपाली समाजको स्थापना र संस्थापक महासचिव 

   ११. २०६० सालमा हृदयचन्द्र स्मृति प्रतिष्ठानको स्थापना र संस्थापक उपाध्यक्ष 

   १२. २०६२ सालमा राजतन्त्रविरुद्धको आन्दोलन सफल पार्न लोकतान्त्रिक स्रष्टाहरूको मञ्च स्थापना र त्यसको एक अभियन्ता

   १३. २०७५ सालमा कवि देवी नेपालसँगको सहकार्यमा छन्द–तरङ्ग नामक संस्थाको स्थापना, जसमा टिकट शोमा दुई वर्षसम्म छन्दकविताको नियमित प्रस्तुति, आदि ।

  

ड) प्राप्त पुरस्कार तथा सम्मान

   १. महेन्द्र विद्या भूषण (२०४९)

   २. लारी स्वर्ण पदक (२०४९)

   ३. प्रतिभा पुरस्कार (२०५५)

   ४. दीपा जनमत पुरस्कार (२०६०)

   ५. युवा वर्ष मोती पुरस्कार (२०६३)

   ६. अविरल साहित्य सम्मान (२०६३)

   ७. नेपाल सरकार सम्मान पत्र (२०६४)

   ८. गुल्मेली समाजद्वारा अभिनन्दन पत्र (२०६४)

   ९. पूर्णप्रकाश नेपाल यात्री सृजनशील सम्मान (२०६५)

   १०. सकला सिद्धार्थ वाङ्मय पुरस्कार (२०६५)

   ११. प्रगतिशील लेखक सङ्घ नेपालगन्जद्वारा सम्मान पत्र (२०६५)

   १२. वैजयन्ती स्रष्टा सम्मान (२०६७)

   १३. शिक्षा सदन सम्मान पत्र (२०६८)

   १४. भेरी साहित्य समाज सुर्खेतद्वारा सम्मान पत्र (२०६८)

   १५. भेरी साहित्य समाज नेपालगन्जद्वारा सम्मान पत्र (२०६८)

   १६. छन्दवादी समाज नेपालद्वारा अभिनन्दन (२०६८)

   १७. ज्ञानदीप शिक्षा सदन सम्मान (२०६९)

   १८. रत्न राज्यलक्ष्मी क्याम्पसद्वारा विद्यावारिधि सम्मान (२०६९)

   १९. थोर्गा–काठमाडौँ सम्पर्क मञ्चद्वारा अभिनन्दन पत्र (२०६९)

   २०. बाल साहित्य समाज नेपालद्वारा सर्वश्रेष्ठ बालकथा पुरस्कार (२०७०)

   २१. राष्ट्रिय काव्यतारा पुरस्कार (२०७२)

   २२. कबा सम्मान (२०७३)

   २३. नरबहादुर भारती सम्मान (२०७३)

   २४. ज्योति साहित्य सम्मान (२०७४)

   २५. बाबा बोर्डिङ स्कुल सम्मान (२०७४),

   २६. आरोहण सम्मान, चितवन (२०७४)

   २७. बुढानीलकण्ठ स्कुलद्वारा राष्ट्रिय गीतकार सम्मान, २०७५ 

     २८. लीलाध्वज स्रष्टा सम्मान, २०८० लगायत ७० भन्दा बढी ।

 

ढ) शिक्षाक्षेत्रको संलग्नता/सहभागिता

   १. २०४२ सालदेखि काभ्रे जिल्लाका विभिन्न माध्यमिक विद्यालयहरूमा नेपाली विषयको शिक्षक (९ वर्ष)

   २. २०५० सालदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा प्राध्यापन (२९ वर्ष)

   ३. हाल प्राध्यापक : रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँ ।

   ४. सदस्य : नेपाली विषय समिति, उच्च माध्यमिक शिक्षा परिषद् (२०६२–२०६६)

   ५. सदस्य : स्नातक तह (नेपाली विषय) को पाठ्यक्रम निर्माण समिति (२०७२), मध्य पश्चिमाञ्चल विश्व विद्यालय ।

   ६. सदस्य : पाठ्यक्रम निर्माण तथा नेपाली विषय समिति, सानो ठिमी भक्तपुर, २०७५

ण) देशविदेशको भ्रमण

   क) नेपालका करिब ६० जिल्ला

   ख) भारत, हङकङ, जापान, चीन, उत्तरकोरिया, मलेसिया, सिङ्गापुर, थाइल्यान्ड आदि ।

इमेलः [email protected]

1 comment: