कवि भुवनहरि सिग्देलको नेपाल नै राम्रो कविताको लयबोध र कवि परिचय - रुपिन्द्र प्रभावी

Wednesday, April 19, 2023

कवि भुवनहरि सिग्देलको नेपाल नै राम्रो कविताको लयबोध र कवि परिचय



कवि भुवनहरि सिग्देलको परिचय

जन्म : वि.सं. २००७ जेठ ५ गते, काठमाडौं, बाडभन्ज्याङ गाउँ विकास समिति (साविक),

वडा नं. ३, दहचोक गैरीगाउँ

माता : मीनकुमारी सिग्देल

पिता : नन्दलाल सिग्देल

शिक्षा : स्नातक

संलग्नता :

·      जनमत प्रकाशन, बनेपा

·      सुनकोशी साहित्य प्रतिष्ठान

·      महिलोदय बहुमुखी क्याम्पस, थानकोट

·      भीम निम्नमाध्यमिक विद्यालय, बाडभन्ज्याङ

·      मैत्रीय बुद्ध चेतना समाज, बाडभन्ज्याङ

पुरस्कार तथा मानसम्मान

क. धरणी पुरस्कार : वि. सं. २०५५

ख. भवदेव पन्त प्राज्ञिक पुरस्कार : वि. सं. २०५७

ग. सम्मान पत्र, नवप्रभाव कला केन्द्र, थानकोट : वि. सं. २०५७

घ. विश्व हिन्दु खालसा त्रिशताब्दी समारोह :उत्कृष्ट कविता वाचन प्रमाणपत्र

ङ. गेरु–अम्बिका कोइराला स्मृति सम्मान : वि. सं. २०६०

कृतिहरू :

(क) खण्डकाव्यहरू

आर्तनाद (वि.सं.२०५४), खाते (वि.सं.२०५५), कानी (वि.सं.२०५५), कुलबहादुर (वि.सं.२०५८), डल्ले (वि.सं.२०५९), समयचक्र (वि.सं.२०६४)

(ख) महाकाव्यहरू

धरणीधर (वि.सं.२०५५), मेनुका (वि.सं.२०५६), विभुधारा (वि.सं.२०६१),

(ग) कवितासङ्ग्रह

रो कविता (वि.सं.२०६१)

लालस (उपन्यास), सुरासुन्दरी (उपन्यास), मै छोरी सुन्दरी (बालकविता), जदौ मालिक, बहत्तर वसन्त, आमोई, मनका सयपत्री, रमिला नानी, सारङ्गी, धनञ्जय आदि ।

विशेषता :

          काल्पनिक उडान गर्नुभन्दा यथार्थको संसारलाई नियालेर लेख्न रुचाउने साहित्यकार,

          सीमान्तकृतहरूको आवाजलाई साहित्यमार्फत् उजागर गर्नु,

          हिमाली सभ्यतालाई नेपालीहरूको चिनारीका रूपमा प्रस्तुत गर्नु,

          देशप्रेमीरदेशभक्त कवि,

          प्रकृतिको सुन्दर चित्रण गर्नु,

          जहाँ पुगे पनि नेपाललाई बिर्सन नहुने विचार व्यक्त गर्नु ।


No comments:

Post a Comment