अक्षरयात्राको घोषणापत्र–२०६६ - रुपिन्द्र प्रभावी

Wednesday, March 17, 2010

अक्षरयात्राको घोषणापत्र–२०६६

जीवन र जगतकाे यथार्थबोधका लागि अक्षरयात्रा
अक्षरयात्राको घोषणापत्र–२०६६
प्रस्तावनाः 

समाजको रुपान्तरणमा साहित्यको भूमिका केन्द्रीय रहेको छ । साहित्य समाजको दर्पणमात्र नभई सम्वाहक पनि हो । संसारका महान् क्रान्तिहरुमा साहित्यको भूमिका उल्लेख्य पाइन्छ । संसारका महान् सभ्यताहरुको विकास साहित्यबिना हुन सकेका छैनन् । मान्छेले जब सभ्यता र विकासका पाइलाहरु चाल्न थाल्यो, तबदेखि संकेत, ध्वनि, शब्दबाट आफूलाई अभिव्यक्त गर्न थाल्यो । त्यतिले मात्र पुगेन मान्छेलाई, त्यसैले चित्रमय लेखन थाल्यो र वर्णको विकास ग¥यो अनि लेख्न थाल्यो; आफूलाई अभिव्यक्ति गर्न थाल्यो; साहित्यको सिर्जना गर्न थाल्यो । संसारमा महान् काव्यहरु, महाकाव्यहरु, इतिहास, आख्यान, विज्ञान, दर्शन र मिमांसाहरु हरेक कालखण्डमा लेखिएका छन् । अहिले पनि लेखिएकै छन् र भविष्यमा पनि लेखिनेछन् । लेखेर कहिल्यै सकिँदो रहेनछ । लेख्न बाँकी रहिरहने रहेछ । त्यसैले साहित्य सिर्जनाको प्रवाह अनन्तदेखि अनन्तसम्म बगिरहने प्रवाह हो । साहित्य सिर्जना हो । साहित्य अभियान हो । साहित्य, सिर्जनाको अभियान हो । साहित्य आन्दोलन हो । साहित्य सिर्जना आन्दोलनको महान् अभियान हो । एउटा आदर्श गन्तव्यतर्फ उन्मुख भई साहित्यले समाजमा क्रान्ति गरिरहन्छ; यथास्थितिविरुद्धको क्रान्ति; त्यसैले साहित्य क्रान्तिको सम्वाहक हो र अक्षरयात्रा साहित्यको नवीन सन्धानको यात्रा हो ।

पृष्ठभूमिः 
पचासको दशकको अन्त–अन्त र साठीको दशकको प्रारम्भतिर पोखरेली साहित्यको फाँटमा नयाँ कलमहरुले गोडमेल गर्न थालेका हुनाले साहित्य मौलाउन थालेको थियो । सिर्जनाको तीब्रतालाई थेग्न पुराना संस्थाहरुका कार्यक्रमलाई हम्मेहम्मे परिरहेको बेलामा २०५७ सालमा नवनीत सहित्य सागार, २०५९ सालमा गजल सन्ध्या र २०६० मा भावना परिवारको गठन हुन पुग्¥यो । यी संस्थाका आफ्ना नियमित कार्यक्रमहरु थिए । महिनाको एकपटक कुनै नयाँ ठाउँमा साहित्यकारहरु भेला हुने, तत्स्थानमा साहित्य सिर्जना गरी वाचनसमेत गर्ने कार्यक्रम भएमा नवीनताको अनुभूति हुने र सिर्जनात्मक क्षमतामा पनि अभिवृद्धि हुने कुरा त्यसकालमा नियमित भेट भई विचार विनिमय गर्ने प्रकट पगेनी ‘शिव’, कृष्ण उदासी, दीपक समीप, लक्ष्मण थापालगायतका व्यक्तित्वहरुबीच चल्न थाल्यो । त्यसका लागि कम्तिमा पनि महिनामा एकपटक यात्रा साहित्य कार्यक्रम गर्ने सोचको विकास भयो र कार्यक्रमको नाम ‘अक्षरयात्रा’ दिए प्रकट पगेनी ‘शिव’ ले, सबैको सहमति भयो र पहिलो कार्यक्रम वि.सं. २०६२ असार १८ गते कास्कीकै लेखनाथ नगरपालिकास्थित वेगनास, सुन्दरीडाँडामा सम्पन्न भयो । त्यसपछि नियमित रुपमा हरेक महिनाको तेस्रो शनिबार विभिन्न स्थानमा उपरोक्त तीनवटै संस्थाहरुको आव्हानमा कार्यक्रम सञ्चालन गरिँदै आएको छ । अन्य कार्यक्रमभन्दा यस कार्यक्रमलाई पृथक रुपमा प्रस्तुत गर्न आयोजक तीनवटै संस्थाहरु गजल सन्ध्या, नवनीत साहित्य सागर र भावना परिवारको संयुक्त सभापतित्वमा सम्पन्न हुने यस कार्यक्रममा विस्तारै भावना परिवारको उपस्थिति कम हुँदै गई शून्यमा पुगे पनि समयको माग, नवोदित र युवाहरुको चाहनालाई आत्मसात् गर्न सकेकोले अक्षरयात्रा पोखरेली युवाहरुको प्रिय कार्यक्रम बन्न सफल भएको छ । हालसम्म कास्की, स्याङ्जा, पर्वत, तनहुँ र लमजुङ जिल्लाका विभिन्न ठाउँमा सम्पन्न यस कार्यक्रमको पचासौं (स्वर्ण) शृङ्खलाको अवसर पारेर पहिलो शृङ्खला भएको सुन्दरीडाँडाबाट नै यो घोषणापत्र जारी गरिएको छ ।

यात्राका उद्देश्यहरुः
१) मासिक रुपमा साहित्यिक भेटघाट गर्ने । 
२) मासिक रुपमा साहित्यिक यात्रा गर्ने ।
३) अक्षरयात्राका क्रममा तत्स्थानका अनुभूतिहरुलाई समेटेर तत्स्थानमै साहित्य सिर्जना गरी सुन्ने, सुनाउने ।
४) पर्यटकीय स्थलहरुका प्राकृतिक, ऐतिहासिक आदि महत्वलाई जनसमक्ष पु¥याउने ।
५) साहित्यिक पर्यटन पद्धतिको विकास गर्ने । 
६) साहित्यलाई समाज रुपान्तरण र क्रान्तिको सम्वाहक बनाउने ।
७) स्थानीय जनसमुदाय र साहित्यकारहरुबीच सम्पर्क र सम्बन्ध स्थापित गर्ने ।
८) नवोदित साहित्यकारहरुलाई प्रेरणा र प्रोत्साहन दिने ।
९) ओझेलमा परेका पर्यटकीय स्थलहरुलाई प्रकाशमा ल्याउने ।
१०) नवोदित र अग्रज पुस्ताबीचको दूरी घटाउने ।
११) पर्यटकीय सम्भावनाको खोजी र सहित्यमार्फत् उजागर गर्ने ।
१२) जनजीवनका यथार्थ वस्तुस्थितिमा आधारित साहित्य सिर्जना पद्धतिको विकास गर्ने ।

कार्यक्रमका विशेषताहरुः

१) गजल सन्ध्या, नवनीत साहित्य सागर र भावना परिवारजस्ता तीनवटा संस्थाद्वारा संयुक्त रुपमा सञ्चालित ।२) सामूहिक नेतृत्वको सिद्धान्तमा सञ्चालित ।३) सह–अस्तित्वको सिद्धान्तमा आधारित ।४) प्रत्येक महिनाको तेस्रो शनिबार साहित्यिक यात्रा ।५) सर्वसम्मत निर्णयको आधारमा गन्तव्य निर्धारण ।६) प्रजातान्त्रिक पद्धतिमा आधारित ।७) साहित्य र पर्यटनबीच सम्बन्ध स्थापना ।८) यात्राको आर्थिक व्ययभार सहभागीहरुबाटै जुटाइने ।

हालसम्म गरिएका यात्राहरुः

१) सुन्दरीडाँडा, वेगनास ले.न.पा., कास्की – २०६२/०३/१८

२) अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, पोखरा, कास्की– २०६२//१५

३) अनदुडाँडा, शान्तिस्तूप, पोखरा– २०६२//१८

४) तालबाराही, पोखरा, कास्की– २०६२/०६/१५

५) महेन्द्रगुफा, पोखरा, कास्की– २०६२/०७/१९

६) नदीपुरपार्क, पोखरा, कास्की– २०६२//१८

७) डेभिजफल्स, पोखरा, कास्की– २०६२//१६

८) माटेपानी गुम्बा, पोखरा, कास्की– २०६२/१०/१५

९) गुप्तेश्वरगुफा, पोखरा, कास्की– २०६२/११/२०

१०) विन्दवासिनी मन्दिर परिसर, पोखरा– २०६२/१२/१९

११) बेगनासताल, कास्की– २०६३//१६

१२) धम्पुस देउराली, कास्की – २०६३/०३/१७

१३) कृस्ति नाच्नेचौर, कास्की– २०६३/०४/२०

१४) चमेरेगुफा, पोखरा– २०६३//१७

१५) बन्दीपुर, तनहुँ– २०६३/०७/१८

१६) कुश्मा, पर्वत– २०६३/०८/१६ १

७) सराङ्कोट, घरेलु गाउँ, कास्की २०६३/०९/१५

१८) पामे, कास्की– २०६३/१०/२०

१९) मट्टिखान, स्याङ्जा २०६३/११/१९

२०) लुम्ले, चन्द्रकोट, कास्की– २०६३/१२/१७

२१) देउराली उकाली, कास्की– २०६४/०१/१५

२२) फेवा पावर हाउस, पोखरा– २०६४/०२/१९

२३) दिपाङ्ताल, लेखनाथ न.पा.कास्की– २०६४/०३/१६

२४) काहुँखोला, पोखरा– २०६४/०४/१९

२५) मनोकामना मन्दिर, गोर्खा– २०६४//१५

२६) नदीपुर, पराजुलीचौर, पोखरा– २०६४/०६/१९

२७) माटेपानी, कार्कीडाँडा, पोखरा– २०६४/०७/१७

२८) बेसीसहर, लमजुङ– २०६४/०८/१५

२९) लेखनाथ, वेगनासताल– २०६४/०९/२१

३०) तालबाराही मन्दिर, पोखरा– २०६४/१०/१९

३१) लम्लीडाँडा, पोखरा– २०६४/११/१८

३२) काहुँडाँडा, कास्की २०६४/१२/१६

३३) सार्दीखोला, भुर्जुङ्खोला (तातोपानी), कास्की– २०६५/०१/२१

३४) लामागाउँ, सराङ्कोट, कास्की– २०६५/०२/१८

३५) भद्रकाली मन्दिर परिसर, पोखरा– २०६५/०३/२१

३६) हेमजा, कास्की– २०६५/०४/१८

३७) जनकल्याण समिति, काहुँखोला, पोखरा– २०६५/०५/२१

३८) शान्ति वनवाटिका, पोखरा– २०६५/०६/१८

३९) बाँगेफड्के, स्याङ्जा– २०६५/०७/१६

४०) ले.न.पा., माझीकुना– २०६५/०८/२१

४१) लेखनाथ, अर्घौंअर्चले (कविशिरोमणिको घर) २०६५/०९/१९

४२) अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा– २०६५/१०/१७

४३) ढोरफिर्दी, ढोरबाराही, तनहुँ– २०६५/११/१७

४४) चमेरेगुफा, कास्की– २०६५/१२/१५

४५) जैमुरे, कास्की– २०६६/०१/१९

४६) टाइगरटप, लेखनाथ, कास्की– २०६६/०२/१६

४७) डेभिजफल्स, पोखरा– २०६६/०३/२०

४८) पोखरा भ्यूप्वाइन्ट, पोखरा– २०६६/०४/१७

४९) विन्दवासिनी मन्दिर परिसर– २०६६/०५/२०

५०) सुन्दरीडाँडा, लेखनाथ, कास्की– २०६६/०६/१७


निष्कर्षः 
यात्रा, साहित्य सिर्जनाका लागि लगभग अनिवार्य सर्त हो । यात्राका आ–आफ्ना वैशिष्ट्य, शैली र उद्देश्यहरु हुन सक्दछन् । अक्षरहरुको अन्वेषणमा तल्लीन यात्रीहरुको साझा आन्दोलन अक्षरयात्रा हो । नवप्रवेशी, समकालीन र अग्रज पुस्ताको सहयात्राबाट तय हुने यात्रा नै अक्षरयात्रा हो । समयको प्रवाहसँगै सहयात्रामा जुटेका कतिपय यात्रीहरु बीचमै छुट्छन्, कतिपय छुट्टिन्छन् र कतिपय गन्तव्यको लक्ष्यबिन्दु भेट्न यात्रारत रहन्छन् । अक्षरयात्राका क्रममा पनि आँधीबेहेरी, घाम, पानी र उकाली ओरालीमा यात्रागत बैविध्यहरु देखिए । यो यात्रा एउटा विशिष्ट आन्दोलन हो । सामूहिक नेतृत्वको अवधारणाबाट सञ्चालित यो आन्दोलनमा आत्मनेतृत्वको विकास राम्ररी भएको पाइन्छ । अव्यवस्थाभित्र व्यवस्थाको खोजीमा अक्षरयात्रा अडिइरहेको छ । यात्राले तय गरेको निश्चित गन्तव्यका कुनै पनि दृष्य, पाटो, परिवेश वा पक्षलाई स्वतन्त्र ढंगबाट अवलोकन, मनन् र भ्रमण गरी कुनै पनि विधागत सिर्जनामा अक्षरयात्रा केन्द्रित रहन्छ । यात्राको शृङ्खला अंक जति थपिदै जान्छन् त्यति नै यात्री संख्यामा वृद्धि हुँदै गएको इतिहास साक्षी छ । यसमा पाँचदेखि तीन सयभन्दा बढी यात्रीहरु पोखराबाटै सहभागी भएको इतिहास छ । स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता त यसको थप सौन्दर्य नै हो । प्रशस्त संभावना भएर पनि प्रचार प्रसारको अभावमा लुकेर रहेका पर्यटकीय स्थलहरुको उत्खनन् गर्ने अभियानलाई अन्तर्वस्तु मानेर अघि बढेको अक्षरयात्राको पर्यटन महोत्सवहरुको प्रचार प्रसारका लागि पनि महत्वपूर्ण भूमिकामा देखिएको छ । नेपाली जनजीवनको यथार्थमा राम्ररी भिजेको यात्राले नवप्रवेशी साहित्यकारका लागि त एउटा अघोषित पाठशाला र पुलकै कार्य गरिरहेको महसुस स्वयम् अक्षरयात्रीहरु गरिरहेका छन् । यसरी अक्षरयात्रा पोखराबाट सञ्चालित एक नवीनताको निरन्तरतामा आधारित साहित्यिक अभियान हो; आन्दोलन हो । नेपाली साहित्यमा स्थापित र क्रियाशील थुप्रै साहित्यिक आन्दोलन÷अभियानहरुमध्ये यो एक भिन्न कार्यक्रम हो । 

अक्षरयात्राको स्वर्ण शृङ्खलासम्म आइपुग्दासम्म सहयात्रामा जुट्ने, विभिन्न घुम्ती, मोडहरुका अक्षरयात्रीहरु, स्थानीय आयोजकहरु, सञ्चार माध्यम र सञ्चारकर्मी, वाङ्मयसेवीहरुप्रति आभार व्यक्त गर्दछौं । आफ्नो यात्रा शृङ्खलाको स्वर्ण शृङखलाको अवसरमा यात्राका महत्व र झझल्को प्रतिबिम्बि हुने केही प्रतिनिधि आलेखहरुसहित यो घोषणापत्र जारी गरिएको छ । अक्षरयात्राको सुरुआत्कालीन अवस्थामा भावना परिवारले गरेको सहकार्यप्रति आभार व्यक्त गर्दछौंं ।

रुपिन्द्र प्रभावी “कटु”                                                                               लक्ष्मण थापा
        अध्यक्ष                                                                                              अध्यक्ष
गजल सन्ध्या, पोखरा                                                                  नवनीत साहित्य सागर, पोखरा




२०६६ असोज १७ गते शनिबार, अक्षरयात्रा, स्वर्ण शृङ्खलासुन्दरीडाँडा, लेखनाथ न.पा., कास्की


No comments:

Post a Comment