गजल
                     –रुपिन्द्र प्रभावी 
यो सहरमा अनेकथरि कारोबार फस्टाइरहेछन्
जे होस् मान्छेमाथिकै अत्याचार
फस्टाइरहेछन्
जलिरहेछन् घरभित्र निर्दोष जिन्दगानी
सडकमा चाहिँ चर्का मानवअधिकार
फस्टाइरहेछन् 
महायज्ञ, होमहोमादी जहाँसुकै हेर्नुहोस्
मान्छेकै मोलमोलाइ र व्यापार
फस्टाइरहेछन्
हजारौं गए, लामबद्ध
हजारौं छन् विमानस्थलमा
हामी रित्तिदै छौं, केवल
साउदी, कतार फस्टाइरहेछन् 
देश भनेको त भूगोल मात्र कहाँ हुन सक्छ
र !
भन्न पाइयोस् क्रमशः कवि, कलाकार
फस्टाइरहेछन् । 
 
 
   
 
 
 
 
 
 
No comments:
Post a Comment