गजल- को कसले प्रेमका कुरा गर्छन्... - रुपिन्द्र प्रभावी

Sunday, March 29, 2020

गजल- को कसले प्रेमका कुरा गर्छन्...

गजल 

©रुपिन्द्र प्रभावी 


को कसले प्रेमका कुरा गर्छन् मलाई थाहा छ ।
ती सब पिँजडामा पर्छन् मलाई थाहा छ ।

सपनाका अनेकौँ उडान भर्छन् प्रेममा त ।
जब बिहे गर्छन् अनि मर्छन् मलाई थाहा छ ।

जिन्दगीको बगैँचामा फूल फुलाउने चाहना त ।
 कोपिलामै ओइली झर्छन् मलाई थाहा छ ।

आँखामै राख्ने चाह हुँदो हो एक अर्कालाई ।
कहिले यता कहिले उता सर्छन् मलाई थाहा छ ।

गीत, गजल, कवितामा बेकार छन् प्रेमका कुरा ।
यथार्थमा ती सब मादी तर्छन् मलाई थाहा छ ।
                        * * *

No comments:

Post a Comment