स्वर्गको ढोका खोले है प्यारा ! - उमा अर्याल ढकाल - रुपिन्द्र प्रभावी

Sunday, May 24, 2020

स्वर्गको ढोका खोले है प्यारा ! - उमा अर्याल ढकाल

स्वर्गको ढोका खोले है प्यारा !


- उमा अर्याल ढकाल

लाउने र खाने थियो नि उमेर गयो नि परान जहाँ भए पनि अन्तिम पटक एक फेर बोलन न पाएँ हेर्न तिम्रो त्यो मुहार, न पाएँ छुन नि हो लासमाथि यो ज्यान फालेर आज, पाइनँ रुन नि ।
कसरी बाँचुँ हे मेरा प्यारा, तिम्रो त्यो अभावमा कहाँबाट रोग आई कसरी लाग्यो, यो कुनो समाजमा छटपटाई तिमी भिजाइदेऊ घाँटी भन्यौ कि अस्पताल पानी नि खान नपाई तिम्रो, कसरी गयो ज्यान ।
परान जाने बेलामा तिम्रो, साथमा भइनँ मनको इच्छा के थियो कुन्नि सोध्न नि पाइनँ घरैमा बसी लकडाउनको नि पालना गरेथ्यौ नगर पिर म आउँछु चाँडै भनेर गएथ्यौ ।
साथ दिन्छु सधैँ भनेका थियौ बीचैमा छोड्दियौ कसरी बुझाऊँ यो दु:खी मन एकलै बनायौ जाम मलाई किन भनेनौ प्यारा, तिम्रो त्यो साथमा कोरोना लागी मरे नि मर्थेँ, त्यही तिम्रो काखमा ।
कस्तो रोग आयो, आफन्तीलाई पराई बनायो सदगत गर्ने छोरो त यहीँ छ, लास कल्ले जलायो फोरियो प्यारा मायाको चिनो, हातका यी चुरा मनको इच्छा चाहना सबै, हुने छन् अधुरा ।
सँगसँगै जिउने सँगसँगै मर्ने, थियो नि रहर कोही नजिक पर्न नपाउने कस्तो कोरोना कहर शुन्य छ आज तिमीले छोड्दा, मदाने गाउँघर चालीस कटी रमाउने बेला, आउँदै'थ्यो भर्खर ।
टाइफाइड 'थ्यो गाउँमा, अस्पताल जाँदा रुघाले सतायो सास फेर्न दु:ख भाथ्यो रे भनी, कोरोना जँचायो रिपोर्ट आयो पोजेटिभ भनी, आइसियूमा राखियो नफर्की गाउँघर जीवन लीला, त्यहीँबाट सकियो ।
नमर्दै पनि मर्‍यो रे भन्ने बनाए समाचार ज्वरोको साथमा कस्तो रोग आई, लगिस् नि पापी काल
बाबा र आमा छोराको पिरले मुर्छित भा'का छन् के भोग्न पर्यो| बुढेसकालमा,भनेर रो'का छन् ।
यो सानी छोरी भन्दछे, बाबा कहिले आउनुन्छ दादाले किन म नजिक जाँदा, पर जाऊ भन्नुन्छ
भन्नु न आमा दादाले किन, त्यो कपडा लाएको यतिका दिन भैसक्यो, आमा खोइ बाबा आएको ।
बस्दै छिन छोरी बा आउने बाटो, दिन पनि गनेर के जवाफ दिऊँ, त्यो सेतो कपडा लगाएको भनेर
जीवन मरण भन्नु पनि रै'छ, नियतिको खेल रोकिन्न प्यारा बाढी झैँ बग्यो, आँसुको भयो भेल ।
कोरोना नलाई ग'को भा' पनि, तिमीले छोडेर बुझाउँथे मन अन्तिम पटक, लास तिम्रो हेरेर कसरी गयो परान कुन्नि, मुटु यहीँ छोडेर बुझ्दैन मन भित्ताको तिम्रो, तस्बिर हेरेर ।
न बोल्छ तस्बिर न हाँस्छ हेर, न केही भन्दछ सुख र दुःख मनको मेरो, न यसले बुझ्दछ लामो छ यात्रा भन्दथ्यौं, बाँकी छन काम धेरै पुछियो सिन्दुर फोरिए चुरा, उमेर नपुग्दै ।
आउने छु म नि लाला र बाला, मिलाई व्यवस्था कहाँ पुग्यौ तिमी सुख र दुःख के छ, नि अवस्था ? न सोध्न पाएँ साहुको ऋण, छ कि कहीँ तिर्नलाई स्वर्गको ढोका खोले है प्यारा, म आउँदा छिर्नलाई ।
बुटवल

No comments:

Post a Comment