रत्नशमशेर थापाको निधन: निभ्यो स्वाभिमानको एक ज्योति - रुपिन्द्र प्रभावी

Friday, June 12, 2020

रत्नशमशेर थापाको निधन: निभ्यो स्वाभिमानको एक ज्योति

काठमाडौं । स्वाभिमानी व्यक्तित्व वरिष्ठ गीतकार तथा मुक्तककार रत्नशमशेर थापाको ८२ वर्षको उमेरमा निधन भएको छ । नर्भिक अस्पतालको आइसोलेसन कक्षमा उहाँको जेठ १५ गते निधन भएको हो । अघिल्लो रातमा मात्र उहाँको घाँटीमा खकार अड्केर गाह्रो हुन थाले पछि नर्भिक अस्पतालमा उपचारका लागि  गिएको थियो । उहाँलाई अघिल्लो दिन साँझ अस्पताल भर्ना गरिएको थियो । रत्नशमशेरको टिचिङ अस्पताल महाराजगन्जमा करिब तीन महिनाअघि मेरुदण्डको शल्यक्रिया गरिएको थियो । त्यस यता रत्न शमशेर आफ्नै घरैमा आराम गरीआउनु भएको थियो ।

आफूले जीवनभर गीत माग्न आउनेहरूलाई मात्र दिएको, एकपटक पनि गीत लिएर कुनै गायक वा संगीतकार कहाँ नगएको उहाँको दाबी हुने गथ्र्यो । कोठै थर्किने गरी आवाज निकालेर हाँस्ने मै हुँ भन्ने जस्तोसुकैलाई पनि नगन्ने रत्न शमशेरको विशेषता थियो ।  त्यसैले कतिपयले यस्तै स्वभावका आधारमा उनलाई घमण्डी पनि भन्थे । तर, उहाँ त्यस्तो भनाई अस्वीकार गर्दै ‘म स्वाभिमानी हुँ’ रत्नशमशेरको जवाफ हुन्थ्यो । उहाँले भन्नुहुन्थ्यो, ‘मैले कहिल्यै कसैलाई खुसी पार्न गीत लेखिनँ । त्यो नै मेरो स्वभाव हो ।’ वरिष्ठ गायक, संगीतकार तथा गीतकार गणेश ‘रसिक’का अनुसार हकी स्वभावका रत्न शमशेरको आफूलाई मनमा लागेको कुरा बोल्न कहिल्यै डराउनु हुन्नथ्यो ।

No comments:

Post a Comment