साहित्यकार ईश्वरमणि अधिकारीलाई विद्यावारिधि - रुपिन्द्र प्रभावी

Sunday, April 4, 2021

साहित्यकार ईश्वरमणि अधिकारीलाई विद्यावारिधि

पोखरा । साहित्यकार ईश्वरमणि अधिकारीले गणित विषयमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । पोखराको पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापकसमेत रहेका अधिकारीलाई त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, कीर्तिपुरले सो उपाधि प्रदान गर्ने निर्णय गरेको थियो ।


गणित केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. डा.ङ्कनाथ धमलाको सुपरीवेक्षणमा "Evacuation Optimization With Minimum Clearance Time" (इभ्याकुयसन अप्टिमाइजेसन विथ मिनिमम टाइम) शीर्षकमा उनको अनुसन्धानलाई उक्त उपाधि प्रदान गर्ने निर्णय गरिएको हो प्रा. डा. धमला र उनको अनुसन्धान समूहलाई गणितको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा विशेष महत्त्वका साथ हेरिन्छ

लमजुङको भारते, देउरालीमा वि. सं. २०२६ जेठ ३ मा जन्मेर पोखराको शैक्षिक तथा साहित्यिक वृत्तमा क्रियाशील अधिकारी मुलतः कवि हुन्   गणितको अध्ययन/अध्यापन तथा अनुसन्धानको क्षेत्रमा  उनको लगाव र पकड पनि लोभ लाग्दो छ । गत पाँ/छ वर्षयता उनी साहित्यिक वृत्तमा विरलै भेटिए । उक्त  समयमा उनले  फिलिपिन्स, जर्मनी, चीन, भारत र नेपाल गरी विभिन्न मुलुकहरूमा आयोजित अनुसन्धान गोष्ठी तथा सेमिनारहरूमा झन्डै डेढ दर्जन अनुसन्धानपत्रहरू प्रस्तुत गरे । रास्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूबाट विभिन्न अनुसन्धान वृत्ति, सपोर्ट, सम्मान तथा  पुरस्कार पनि प्राप्त गरे फ्ना अनुसन्धान पत्रहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशन पनि गरे अधिकारीका सगरमाथा आरोही अरविन (२०५९), समयको तस्बिर (कविता सङ्ग्रह, २०६१) र हृदयको आलाप (गजल सङ्ग्रह, २०६६) प्रकाशित छन् । पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष उनी पोखराका विभिन्न साहित्यिक संस्थामा आबद्ध छन् ।

ठुलो संयुक्त परिवारमा जन्मेका डा. अधिकारीका श्रीमती, एक छोरी एक छोरा-बुहारी छन् । उनी आफ्नै परिवारका तेस्रो विद्यावारिधीप्राप्त व्यक्ति हुन्  यसअघि नै  उनका दु जना भाइहरूले अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयबाट भौतिक शास्त्रमा विद्यावारिधी गरिसकेका छन् । औषधी विज्ञानमा अमेरिकाकै प्रतिष्ठित मेरिल्याण्ड विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेकी उनकी छोरी अस्मिता अधिकारी पनि उपाधिको नजिक छिन्

ईश्वरमणिका बारेमा थप...

No comments:

Post a Comment