कवि तेजनाथ घिमिरे रहेनन् - रुपिन्द्र प्रभावी

Friday, July 15, 2022

कवि तेजनाथ घिमिरे रहेनन्

पोखरा । पोखराका कवि तेजनाथ घिमिरेको गएराति निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ घिमिरेको शनिबार (असार ३२) बिहान २ बजेर १२ मिनेट जाँदा आफ्नै निवास नदीपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । वि.सं. १९९६ असोज १, नदीपुर, पोखरामा माता वदनादेवी र पिता गुरुप्रसाद घिमिरेका सन्तानका रूपमा जन्मेका घिमिरेले लामो समय अध्यापन र पत्रकारिता पेसामा आबद्ध भएका थिए । पोखरेली युवा सांस्कृतिक परिवारका सम्मानित आजीवन सदस्य उनका अनावरण (मुक्तकमाला), देशकाल (छन्दकविता), कालचक्रलगायतका कृतिहरू प्रकाशित छन् ।

उनी दयाशंकर स्मृति पत्रकारिता पुरस्कार, अवलोकन प्रतिभा पुरस्कार, शिरोमणि पुरस्कार–२०६२, गण्डकी बृहत् साहित्य सम्मेलन–२०२२ (प्रथम), राष्ट्रिय मुक्तक पुरस्कारलगायत १ दर्जन भन्दा बढी सम्मान र पुरस्कार प्राप्त ।

उनका छोरा प्रकाश घिमिरे चर्चित रङ्गकर्मी हुन् ।

 घिमिरेको अन्तर्वार्ता पढ्न यहाँ क्लिक गर्नुहोस् ।

पोखरेली साहित्यकार घिमिरेलाई राष्ट्रिय मुक्तक पुरस्कार



No comments:

Post a Comment