> गीतल प्रतिष्ठानको पुरस्कार जगमान, रामप्रसाद, अथाहसागर र कृष्णलाई - Rupindra Prabhavi


 

Saturday, November 26, 2022

गीतल प्रतिष्ठानको पुरस्कार जगमान, रामप्रसाद, अथाहसागर र कृष्णलाई

 


तनहुँ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले हरेक र्ष प्रदान गर्दै आरहेको विभिन्न राशीको पुरस्कार प्राप्त गर्ने व्यक्ति सूची सार्वजनिक गरेको छ

आकाश अधिकारीको अध्यक्षता तथा नेपाल पत्रकार महासङ्, तनहुँका पूर्व अध्यक्ष डम्मर अधिकारीको प्रमुख आतिथ्यमा दमौलीस्थित अनसन चौतारीमा आयोजित एक कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक साथै संस्थाका सल्लाहकार महाप्रसाद हड्खलेले "क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७९" वरिष्ठ साहित्यकार डा. रामप्रसाद ज्ञवालीलाई प्रदान गर्ने घोषणा गरिएको थियो । उक्त पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ

त्यस्तै "नेपाल अधिराज्यमा तनहुँ वाङ्मय पुरस्कार २०७९" नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति प्राज्ञ डा. जगमान गुरुङलाई दिने घोषणा गरिएको थियो । सो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको जानकारी गराइएको थियो।

यसै गरी पुरस्कार छनौट समितिका संयोजक शिव आर्यले "गीतल राष्ट्रिय पुरस्कार २०७९", चित्रकार कृष्ण मर्सानीलाई प्रदान गरिने र "गीतल प्रतिभा पुरस्कार २०७९" कवि एवम् गजलकार तीर्थमान अथाहसागरलाई प्रदान गर्ने घोषणा गरेका थिए । पुरस्कारको राशी क्रमशः १० हजार र हजार रुपैयाँ रहेको छ

संस्थाका अध्यक्ष आकाश अधिकारीले पुरस्कृत स्रष्टाहरुलाई चैत्र मसान्तभित्र एक विशेष कार्यक्रमका बिच पुरस्कृत गरिने जानकारी गराएका थिए । कार्यक्रममा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्वउपाध्यक्ष सङ्गम सापकोटा, अधिवक्ता कमलामोहन वाग्ले, भाग्यशाली ढुङ्गाना, कृष्णचन्द्र पाण्डे, पिताम्बर सिग्देल, हरिराज कँडेल, विष्णु पराजुली, दीपक राई, किशोर पन्त, पत्रकार कृष्ण न्यौपाने, उपेन्द्र खनाललगायतको  उपस्थिति रहेको संस्थाका रिष्ठ उपाध्यक्ष दिवाकर भट्टराईले जानकारी दिए

No comments:

Post a Comment