गजल- संघर्षले सबैको जिन्दगी सिँगार्छ - रुपिन्द्र प्रभावी

Tuesday, December 15, 2009

गजल- संघर्षले सबैको जिन्दगी सिँगार्छ

              गजल

                                – रुपिन्द्र प्रभावी ‘कटु’
संघर्षले सबैको जिन्दगी  सिँगार्छ
निराशाले सबथोक त्यसै बिगार्छ

भाग्यको भर पर्नुहुँदैन मित्र
भाग्यले नै जीवनलाई धिकार्छ

उकाली र ओराली नै हो जिन्दगी
निडर ंिहडे समस्यालाई पनि घिसार्छ

मेहेनतले पहाड फोड्न सकिन्छ सहजै
पसिनाले घनलाई बञ्चरोझैं तिखार्छ

माटो छोएर हेर, हेर मनलाई धोएर
मनका मयल सबै संघर्षले निखार्छ

समिभञ्ज्याङ्ग– ५, लमजुङ
हालः पोखरा

1 comment: