भ्यागुताको गीत - रुपिन्द्र प्रभावी

Sunday, April 25, 2010

भ्यागुताको गीत

भ्यागुताको गीत
                              – रुपिन्द्र प्रभावी 
ट्यार्–ट्यार् ट्यार्–ट्यार्
भ्यागुताको गीत
न लय छ न ताल छ
र पनि मच्चिएर गाउँछन्–
ट्यार्–ट्यार् ट्यार्–ट्यार् ।

मन परोस्न/परोस् सुन्नेहरुलाई
गाइरहन्छन् भ्यागुताहरु
आजित स्रोताहरु सुन्छन् 
लय खोज्छन्
सुर खोज्छन् 
ताल खोज्छन्
कोण–प्रतिकोणबाट भ्यागुताहरुको गीत
एवम् रीतले घन्किइरहन्छ-
ट्यार्–ट्यार् ट्यार्–ट्यार् ।

मुटु, आँखा र मनभरि पोखरी संरचना बोकेका
नाङ्गाभुतुङ्गा मान्छेहरु
डरलाई नै बनाएर हतियार
भ्यागुते गीतका विरुद्ध
आँसु, रगत र पसिनाको सिङ्गै पोखरी उचालेर
मुठीभर सम्भ्रान्त भ्यागुताहरुको गीत बन्दमा उत्रन्छन्
केको डर उनीहरुलाई ?
सायद डर उनीहरुको मष्तिस्कको शब्दकोशमै छैन ।

तस्बिरः गुगलबाट

No comments:

Post a Comment