साहित्यको क्षेत्रमा सङ्घर्ष गर्दै– रुपिन्द प्रभावी कटु - रुपिन्द्र प्रभावी

Sunday, March 17, 2013

साहित्यको क्षेत्रमा सङ्घर्ष गर्दै– रुपिन्द प्रभावी कटु

  साहित्यको क्षेत्रमा सङ्घर्ष गर्दै– रुपिन्द प्रभावी 'कटु'

                                                                                                          -   राजाराम पौडेल, पोखरा

पोखरामा रहेर साहित्यको क्षेत्रमा निरन्तर सर्घष गरीरहेका व्यक्ति हुन् रुपिन्द« प्रभावी कटु, वि.स २०३९ आश्विन ५ गते समिभञ्ज्याङ्ग–५, लम्जुङमा पिता झनबहादुर र माता विष्णुकुमारी जोशीको तेस्रो सन्तानको रुपमा जन्मिएका कटु बाल्यकालमा लजालु स्वभावका थिए । कला र साहित्यको क्षेत्रमा सानैदेखी रुचि राख्ने यिनी पढाइमा पनि अग्रपत्तिमानै आउथे, स्कुले जिवनमा विभिन्न साहेरी तथा कविताबाट आफ्नो यात्रा सुरु गरेका कटुको २०५६ सालमा बाल कविता अन्तरङ्ग साप्ताहिक मा प्रकाशित भएपछाडी औपचारीक रुपमा कलम चलाउन सुरु गरे । रहस्यमय पारीवारीक पृष्ठभुमी तथा समाजले आफ्नो परीवारलाई गरेको अन्याय देखि त्यहि अन्धो समाजको कुरीती विरुद्घ कलम चलाउन वाध्य बने । रेडियो नेपालका हरेक साहित्यीक कार्यक्रम नछुटाई सुन्ने तथा ति कार्यक्रममा गजल, मुत्तक, भावना पठाउने गर्दथे यसले साहित्यको क्षेत्रमा केहि गर्ने उत्पेरणा मिल्न पुगेको यिनी बताउछन् । साहित्यीक कार्यक्रम हुने सुचना पाउने विक्तिकै लम्जुङबाट पोखरा आइहाल्ने गर्ने यिनी २०६२ सालको लोकतान्त्रिक आन्दोलनमा सहभागीता जनाएबाट पोखरालाइनै आफ्नो कर्मथलो ठानी साअित्यको क्षेत्रमा लागीरहेका छन् । व्यत्तिगत इच्छा तथा आत्मसन्तुष्टी को लागी साहित्यको क्षेत्रमा अगाडी बढेका कटु अहिले साहित्यको क्षेत्रमा आफ्नो भिन्न परिचय बनेकोमा खुशी छन् । अहिलेसम्म पाएका उपलब्धि सबै साहित्यीक व्यत्ती भएको कारणनै प्राप्त भएको यदि यो क्षेत्रमा नलागेको भए जिवनधान्ननै कठिन हुने यिनको भनाइ छ । संगीत, साहित्य र पत्रकारीता क्षेत्रमा रुचि राख्ने कटु हाल साहित्यको क्षेत्रमा बढी व्यस्त छन् । हालसम्म दुइ सय भन्दा बढी कविता, एक सय भन्दा बढी गजल विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रपत्रिका तथा साहित्यक पाण्डुलीपीमा प्रकाशीत गरीसकेका छन् भने लगभग एक सय गीत, एक सय मुत्तक, चार सय हाइकुँ, लघुकथा तथा एकाङ्कि सिर्जना गरीसकेका यिनले यि सिर्जना प्रकासनको तयारी गरीरहेका छन् । पछिल्लो समयमा नेपाली साहित्यमा सर्वाधिक लेखीने र पढिने विधा गजल बन्न पुगेको दावी यिनको छ । यसक्षेत्रमा आउने व्यक्तिको चाप दिन प्रतिदिन बढेको, पहिलाको सर्जकले साहित्यको यात्रा कविता बाट गथैृ भने हाल गजलबाट आउने गरेको गिनी बताउछन् । अनौपचारकि रुपमा गीत पनि गाउने कटु स्टेजमा गजल भाका हालेर गाउने गर्छन् । कुनै दिन संगीतको शिक्षा लीने सोच यिनले बनाएका छन् ।
 गजल सन्ध्या पोखरा, पोखरेली युवा सास्कृतिक परिवार, कायापलट असलशासन क्लब, हिमालचुली कला साहित्य प्रतिष्ठान, अन्तरङ्ग साप्ताहिक, नेवाः संस्कृती संरक्षण, बालआवाज,लाकतान्त्रिक वाङमय समाज, मंगला साहित्य समुह, पोखरा न्युज साप्ताहिक, ¥याण्डम रिर्डस् सोसाइटी अफ नेपाल लगायत संस्थामा आवद्घ कटुले रेडियो बाराही पोखराको स्थापना कालदेखी समकालीन साहित्यको प्रतिबिम्बको रुपमा सिर्जना मञ्च नामक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।कायापलट द्घैमासीक, गजल उत्सव, गजल उत्सव–२, गजल उत्सव–३, नयाँ रचना लगायत साहित्यीक कृतीमा सम्पादनको जिम्मा निभाइसकेका छन् ।
डिठ्ठा श्री प्रसाद, स्मृती पुरस्कार, गण्डकी अञ्चल स्तरीय लघुकथा पुरस्कार, उत्कृष्ट संवाददाता पुरस्कार, स्व.वि.यु कविता प्रतियोगीता, राष्ट्रिय कविता प्रतियोगीता, हाम्रो मझेरी प्रतिभा सम्मान, उत्कृष्ट मुक्तककार तथा विभिन्न खेलकुद एवं साहित्यीक पुरस्कार प्राप्त गरीसकेका छन् । नेपाली विषयमा स्नाकोत्तर गर्दै गरेका यिनी कुमुदिनी होम्स पोखरामा शिक्ष पेशा गर्छन् । सधै साहित्यको क्षेत्रमा साधना गर्ने आफ्नो विचार प्रस्फुटन गर्ने यिनी वाचा गर्छन् । साहित्यकि कार्यक्रमको शिलशिलामा पोखराका अलावा काठमाण्डौ, विराटनगर, चितवन, बाग्लुङ, पर्वत, लम्जुङ, तनँहु लगायतका थुर्पै ठाउमा पुगीसकेका यिनले विभिन्न गजल, कविता, निबन्ध तथा सांगीतिक कार्यक्रममा निर्णायकको भुमिका निभाइसकेका छन् ।
गजल सन्ध्या पोखरालाइ सबैमाझ परीचित गराउन सफल कटुले नविनतम् साहित्य सागर पोखरा सँगको सहकार्य गरी अक्षरयात्रा नामक कार्यक्रमलाई हाँक्दै हाल पनि जारी यो कार्यक्रमले पर्यटन वर्ष २०११ लाई मध्य नजर गरी प्रत्येक महिनाको तेस्रो शनिवार विभिन्न ठाँउमा पुगी लुकेर रहेको पर्यटकीय सम्भावना भएका ठाँउलाइ साहित्य मार्फत उजागर गर्ने पर्यटन साहित्यको अवधारणा बोकी यात्रा अगाडी बढाइरहेका जानकारी यिनले दिएका छन् ।

                                                                कलम राष्ट्रिय दैनिक, पोखरा(२०६७ पुस ३० बाट साभार)
                                                                             [email protected]

No comments:

Post a Comment