गजल - रुपिन्द्र प्रभावी

Wednesday, August 31, 2016

गजल

गजल
                     –रुपिन्द्र प्रभावी

यो सहरमा अनेकथरि कारोबार फस्टाइरहेछन्
जे होस् मान्छेमाथिकै अत्याचार फस्टाइरहेछन्

जलिरहेछन् घरभित्र निर्दोष जिन्दगानी
सडकमा चाहिँ चर्का मानवअधिकार फस्टाइरहेछन्

महायज्ञ, होमहोमादी जहाँसुकै हेर्नुहोस्
मान्छेकै मोलमोलाइ र व्यापार फस्टाइरहेछन्

हजारौं गए, लामबद्ध हजारौं छन् विमानस्थलमा
हामी रित्तिदै छौं, केवल साउदी, कतार फस्टाइरहेछन्

देश भनेको त भूगोल मात्र कहाँ हुन सक्छ र !
भन्न पाइयोस् क्रमशः कवि, कलाकार फस्टाइरहेछन् । 

2 comments: