साहित्यकार / पत्रकार नगेन्द्रराज शर्मासँग गरिएको अन्तरवार्ता (कायापलट द्वैमासिक पत्रिका, २०६३ वर्षा ऋतु, वर्ष–३, अङ्क–५, पूर्णाङ्क–१६ मा प्रकाशित ) - रुपिन्द्र प्रभावी

Saturday, April 4, 2020

साहित्यकार / पत्रकार नगेन्द्रराज शर्मासँग गरिएको अन्तरवार्ता (कायापलट द्वैमासिक पत्रिका, २०६३ वर्षा ऋतु, वर्ष–३, अङ्क–५, पूर्णाङ्क–१६ मा प्रकाशित )



राजतन्त्रले आफ्नो भ्रष्टाचार छोप्न मन्त्रीलाई पनि भ्रष्टाचार गर्न सिकायो
नाम : नगेन्द्रराज शर्मा 
जन्म  : वि.स. १९९४ चैत २२, मन्थली, रामेछाप । 
हालः– काठमाण्डौ–७/१९५, अभिव्यक्ति मार्ग ।
माता  : पद्मा घिमिरे
शिक्षा  : प्रमाण–पत्र तह
पेशा  : पत्रकारिता (अभिव्यक्ति साहित्यिक पत्रिका–सम्पादक/प्रकाशक) 
लेखन विधा  : उपन्यास, कथा, कविता ।
कृतिहरु : महापुरुष (२०२८) र दिवास्वप्न (उपन्यास–२०२९) तथा पिपलको बोटमुनि (२०३९) र एकान्तका आफन्तहरु (कथा संग्रह–२०५५) ।
संलग्नता : अभिव्यक्ति–सम्पादक, साहित्यिक पत्रकार संघ, गंकी बुन्सुधरा पुरस्कार प्रतिस्ठान, सिर्जनशिल साहित्यिक समाज लगायत  एक दर्जन भन्दा बढी संस्थामा आबद्ध ।
सम्मान /पुरस्कार : भवानी साहित्यिक पत्रकारिता पुरस्कार, प्रेसकाउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार, मैनाली कथा पुरस्कार लगायत एक दर्जन भन्दा बढी सम्मान र पुरस्कार पाप्त ।


भ्रष्टाचार के हो र किन हुन्छ ? 
*   भ्रष्टाचार केबल घूस मात्रै होईन । व्यावहारिक जीवनका बेइमानी र खराव आचरणमुखी सबै काम भ्रष्टाचार हुन् । यसका दुईवटा कारण छन्– गरिबी र नियत ।

के सहित्यिक भ्रष्टाचार पनि हुन्छ ?
*  साहित्यमा छुद्र प्रविधि हावी छ । साहित्य चोरी, राम्रा रचनालाई नियतवश नराम्रो भन्नु, नियतवश नराम्रालाई राम्रा भनेर अनावश्यक चर्चा गर्नु आदि साहित्यिक भ्रष्टाचारका प्रवृति हुन् । 

अहिलेको राजनीतिक परिवेश र भ्रष्टाचार वीचको अन्तरसम्बन्ध कस्तो छ ?
* इतिहास देखिनै यी कुराहरु सँंगै आएका छन् । राजनीतिक परिवेशमा परिवर्तन आएको कुरा गरिएपनि वास्तविकता हिजोकै छ । 

राजतन्त्रले भ्रष्टाचार बढाएको छ भन्नेमा तपाई कति विश्वास गर्नुहुन्छ ?
*  पक्कै हो । मैले थाहा पाए अनुसार केही पुस्ता अघिदेखि नै राजाहरुले भ्रष्टाचार बढाए । उनीहरुले आफूले गरेको व्यापक भ्रष्टाचार पर्दाफास नहोस् भनेर नेता र मन्त्रीहरुलाई समेत भ्रष्टाचार गर्न उक्साए । उदाहरण नै लिउँ न, त्रिभुवनले चन्दा उठाएर राजकाज चलाए, महेन्द्रसम्म आउँदा करोडौको सम्पति जोडियो । यो परिवर्तन के हो त ?

भ्रष्टाचार न्युनिकरणका लागि देशले कस्तो राज्य व्यवस्था  खोजेको छ ?
*   म नयाँ पुस्ताप्रति आशावादी छु । जब नयाँ पुस्ताले राज्यसत्ता आफ्नो हातमा लिदैनन्, तव सम्म नारामा आएका जुन सुकै राज्य व्यवस्था आए पनि केही हुनेवाला छैन ।

वर्तमान नेपाल सरकारले भ्रष्टाचार विरुद्ध कस्तो नीति ल्याओस् भन्ने सोच्नु भएको छ ?
*   नीति नियम ठूलो कुरा होईन ।  पालना गर्नु ठूलो कुरा हो । नीति नराम्रो कुनै हुँदैन । अहिले सम्मका प्रतिनिधिहरुबाट त्यो पनि छैन । चाप्लुसी र चाकरी गर्नेहरुले चाहि केही गर्न सक्छन् । त्यो त जहाँ पनि हुन सक्छ । 

 संविधानसभा भनेको के हो ?
*    म पनि त्यही प्रश्नमा रुमल्लिईरहेको छु । ९० प्रतिशत अञ्जान जनताको दायरामै छु किनभने निर्णायक तहकाले जनतालाई बुझाउनु पर्ने कर्तव्यबोध आजसम्म गरेका छैनन् ।   

‘भ्रष्टाचार विरोधी धारा’प्रति तपाईँको धारणा ?
* म नयाँ पुस्ताप्रति आशावादी छु । तपाइँसँग लामो चिनाजानी नभएपनि यो अभियानमा इमान मिसिएको छ भन्ने लाग्छ । यसले उन्नति गर्नुपर्छ ।

अन्त्यमा केही ?
* यो गम्भीर विषयमा विचार राख्ने अवसरका लागि धेरै–धेरै धन्यवाद । 

                       प्रस्तुती –रुपिन्द्र प्रभावी ‘कटु’


कायापलट द्वैमासिक असल शासन साहित्यिक पत्रिका, २०६३  वर्षा ऋतु, वर्ष–३, अङ्क–५,  पूर्णाङ्क–१६ मा प्रकाशित साहित्यकार / पत्रकार नगेन्द्रराज शर्मासँग गरिएको अन्तरवार्ता जस्ताकोे त्यस्तै । 

No comments:

Post a Comment