पौडेलको भिडियो किताब सार्वजनिक (किताबसहित) - रुपिन्द्र प्रभावी

Sunday, September 27, 2020

पौडेलको भिडियो किताब सार्वजनिक (किताबसहित)

 पोखरा । कवि तथा कलाकार रमेश पौडेलले भिडियो किताब सार्वजनिक गरेका छन् । एच. डी. बुकका रुपमा नेपालमै पहिलो पटक सार्वजनिक गरिएको 'नेपाली मुक्तकतको जग र उचाइ' नामक उक्त किताबमा नेपाली मुक्तकका अग्रज मुक्तककारहरु भीमदर्शन रोका, टेकबहादुर नवीन, भूपि शेरचन, हरिभक्त कटुवाल, कृष्णप्रसाद पराजुली र रत्नसम्शेर थापाका मुक्तकहरु समावेश गरिएका छन् ।


कागजका पाना पल्टाएर पढिँदै आएको किताब पछिल्लो समय इ-बुक, अडियो बुक हुँदै एच. डी. बुकसम्म आइपुगेको छ । नेपालमा पहिलो पटक प्रस्तुत गरिएको एच. डी. बुकका श्रव्यदृश्य सामग्रीले पठन संस्कृतिलाई सहजीकरण गर्ने कृतिका परिकल्पनाकार तथा सम्पादक पौडेलको विश्वास छ । यसले साहित्य र पठन संस्कृतिलाई नै थप उचाइ दिने उनको भनाइ छ ।

तनहुँमा जन्मेर गीत, कविता र मुक्तक लेखनमा क्रियाशील पौडेल राम्रा कलाकार पनि हुन् । उनले झण्डै ६ सय पुस्तकका आवरण सजावट गरिसकेका छन् । रेडियो नेपालका जागिरे पौडेल पछिल्लो समय प्रविधियुक्त कलाका माध्यमबाट साहित्यको उन्नयनमा लागेका छन् । नवप्रतिभालाई हौस्याउन सिपालु पौडेलले नयाँ कवि/लेखकले कृति प्रकाशनका लागि झेल्नुपर्ने दुःखलाई एच. डी. बुकले केही हदसम्म समाधान गर्ने विश्वास पनि लिएका छन् । "यसले एकातिर प्रविधिका माध्यमबाट पाठकसम्म पुग्ने बाटो खोलिदिन्छ भने अर्कोतिर कृति प्रकाशनको अभावमा प्रतिभा खेर जानबाट रोक्छ" पौडेल भन्छन्, "देश/विदेशका पाठकसम्म एकै साथ कृति पग्छ ।"

'आभासित आलाप' गीतसङ्ग्रहका गीतकार पौडेलका के वर मागी फर्क्यौ भनलगायतका गीत चर्चित छन् । नेपाल मुक्तक प्रतिष्ठानका महासचिव रहेका उनी नेपाली मुक्तकको उन्नयनका लागि रेडियो नेपालबाट प्रसारण हुने बिम्ब प्रतिबिम्ब कार्यक्रमका सञ्चालक हुन् । संसारमा अडियो बुक, ई बुक पछि कस्ता कस्ता किताब निस्किएका छन् भनेर उनले सोध खोज र अध्ययन गरे । सोचे र खोजेजस्तो किताब नभेटेपछि यस्तो किताबको परिकल्पना गरेको पौडेलले बताए ।

मुक्तक संसारले प्रकाशनमा ल्याएको यो किताब आवरण क्रियशनको युट्युब च्यानलबाट विश्वव्यापीकरण गरिएको


No comments:

Post a Comment