२० हाइकु - रुपिन्द्र प्रभावी

Saturday, October 10, 2020

२० हाइकु

बीस हाइकु 

               - रुपिन्द्र प्रभावी
१.
आउला भनी
कुर्दै छन् बाबुआमा
फर्केर चरो ।

२.
हावादारी भो
यो विकासे गफाडी
शब्द खेलाडी ।

३.
कानुनी ज्ञाता
न्यायालय फेस्बुक
यी न्यायाधीश ।

४.
राज्य-कुदृष्टि
पेसाहरुको माता
शिक्षण पेसा ।

५.
नेपथ्य हेरौं
मुसा-बिरालो खेल
मैत्रीपूर्ण छ ।

६.
गृह मन्त्राणी
कडा छ प्रशासन
सधैंको कर्फ्यु ।

७.
प्वाँख पलायो
कमिला कता छन् खै ?
बेपत्ता बीउ ।

८.
सहारा यिनै
आशा भरोसा यिनै
यी बाल बच्चा ।

९.
कवि हुनु छ ?
बन्नुहोस् लौ गफाडी
नो, नो कविता ।

१०.
कल्ले खायो र !
आजसम्म यो देश
कुरो गर्नुन्छ ?

११.
कपडा बच्यो
बरु छाला बच्दैन
प्रदर्शनी छ ।

१२.
गाह्रो छ यहाँ
जिउन र लिन नि
स्वास्थ्य र शिक्षा ।

१३.
नाम मीठो छ
नजर पूँजीवादी
समानता खै ?

१४.
समाजवाद
एउटा मीठो भ्रम
पूरा नहोला ?

१५.
ल्याइयो लडी
छैन आउन बाँकी
बाँकी हत्कडी ।

१६.
छैन चौतारी
कचहरी काँ बसौँ
विकासे युग ।

१७.
देख्न त देख्यौं
समृद्धिको सपना



झल्याँस्स कठै !

१८.
फुटाउने झन्
कस्तो राजनीति हो
नीतिहीनता ।

१९.
प्राज्ञिक थलो
फोहोरी राजनीति
तेरो र मेरो ।

२०.
फेरियो बेला
फेरिएन चेतना
उस्तै छ खेला ।
[email protected]

No comments:

Post a Comment