मेरो मुटु समिभन्ज्याङ (गीत)- रुपिन्द्र प्रभावी - रुपिन्द्र प्रभावी

Sunday, May 2, 2021

मेरो मुटु समिभन्ज्याङ (गीत)- रुपिन्द्र प्रभावी

       

            गीत

                         - रुपिन्द्र प्रभावी 


मेरो मुटु समिभन्ज्याङ, शिरमा तान्द्राङकोट

आमा तिमी खुसी भए हाँस्छन् सबै ओठ 


आमडाँडाको हावा राम्रो, हटियाको हाट

सिम्लेदेखि पोखरी थोक रम्छन् एकै साथ

पराजुली बेसी फाँट, रमाइलो खर्क

माया लाउन फर्क कान्छा समिभन्ज्याङ फर्क


मध्य विन्दु दुईपिप्लेको शिरमा हाँसेको छ

फेवासँग आँखा जुधाई बस्छ तान्द्राङकोट

मेरो मुटु समिभन्ज्याङ.........


हे होला र हो यसै माया जाल

जाऊँ समिभन्ज्याङ ऽऽऽऽ


रोधी, घाँटु, लाखे नाच, चुड्का घन्काउँदै

रिस्ती, मादी, मिदिम हिँड्छन् आँखा सन्काउँदै

कर्तपुरको कर्तव्य त कोदालेको काया

मुटुभरि घुम्छ कान्छी गाउँघरकै माया 


माछापुच्छ्रे, अन्नपूर्ण, गुराँस टोक्छन् ओठ

समिभन्ज्याङ हाँस्छ सधैं शिरमा तान्द्राङकोट


मेरो मुटु समिभन्ज्याङ, शिरमा तान्द्राङकोट

आमा तिमी खुसी भए हाँस्छन् सबै ओठ  

मेरो मुटु समिभन्ज्याङ ऽऽऽऽ


रचना : रुपिन्द्र प्रभावी

सङ्गीत : सन्तोष प्रधान 

स्वर : जुनू रिजाल र सन्तोष प्रधान







No comments:

Post a Comment