कवि प्रह्‍लाद पोखरेलको परिचय - रुपिन्द्र प्रभावी

Monday, April 22, 2024

कवि प्रह्‍लाद पोखरेलको परिचय

कवि प्रह्‍लाद पोखरेलको परिचय

नामथर               :  प्रह्‍लाद पोखरेल

जन्ममिति           :  २०१४ कार्तिक १२ गते, सोमबार  (२८ अक्टोबर १९५७)

जन्मस्थान          : रावा कुभिन्डे -६, खोटाङ ( हाल : रावाबेँसी गाउँपालिका-१, कुभिन्डे)

माता                 : शेषकुमारी पोखरेल (१९९३ चैत ३-२०६७ साउन १०)

पिता                  : नवराज पोखरेल (१९८९ वैशाख ११-२०६७ जेठ ३१)

पत्‍नी                 : शारदा पोखरेल

छोरीहरू             : प्रतिभा / प्रज्ञा

नातिनातिना         : रुही, सार खतिवडा / आद्या, अनघ अधिकारी

स्थायी बसोबास  : लालीगुराँस नगरपालिका-२, वसन्तपुर बजार, तेह्रथुम

हालको बसोबास : काठमाडौँ महानगरपालिका-६, बौद्ध, रामहिटी, अक्षय टोल, विनम्र मार्ग-१९६

फोन नं.              : ९८४१५३०१९१

e-mail             : [email protected]

शिक्षा                : एम.ए. (स्नातकोत्तर), नेपाली

अनुभव  :

(क)      सरकारी सेवा - (२०४० कार्तिक २१-२०७१ कार्तिक १२)

(सूचना तथा सञ्चार, स्थानीय विकास, गृह मन्त्रालय)

(ख)      प्राध्यापन - बानेश्वर बहुमुखी क्याम्पस, काठमाडौँ (२०४८-२०७३)

(ग)       संस्थागत व्यवस्थापनः-

सञ्चालक सदस्य, गोरखापत्र संस्थान (२०५५।०९।३० -२०५८।०८।२०)

सञ्चालक सदस्य, नेपाल टेलिभिजन (२०५८।०९।०५-२०५९।१२।३१)

साझा प्रकाशनको महाप्रबन्धक (२०७८ साउन २७-२०७९ माघ २१) ।

प्रकाशित पुस्तकाकार कृतिहरूः

१. आजको आकाश, २०४२, पहिलो संयुक्त कवितासङ्ग्रह, प्रतिभा प्रकाशन

२. गीति-यात्रा, २०५१, गीति कवितासङ्ग्रह, प्रज्ञा-प्रतिभा र शारदा

३. जीवन्त यात्रा, २०५२, कवितासङ्ग्रह, साझा प्रकाशन

४. गोसाइँकुण्ड, २०५६, यात्राकाव्य (खण्डकाव्य), हेरशक

५. सारथि, २०५८, कवितासङ्ग्रह, साझा प्रकाशन

६. खोटाङ डायरी, २०६१, डायरीकाव्य (खण्डकाव्य), आँखा स्वयंसेवी प्रकाशन

७. कुहिराको कम्बल, २०६२, कवितासङ्ग्रह, प्रज्ञा पेशा

८. आजको आकाश, २०६३, दोस्रो संयुक्त कवितासङ्ग्रह, प्रतिभा प्रकाशन

९. काव्ययात्रा : गोसाइँकुण्ड, २०६५, यात्राकाव्य (खण्डकाव्य), करभु

१०. नव-शेष श्रद्धा, २०६८, स्मृतिकाव्य (खण्डकाव्य), पेशल पोखरेल

११. आस्थाको गन्तव्य, २०७१, यात्राकाव्य (खण्डकाव्य), दोलखा स्रष्टा समाज,  

       काठमाडौँ र कला साहित्य प्रतिष्ठान, दोलखा

१२. जनकपुरधाम, २०७२, चतुर्भाषिक लघुतम काव्य, डा. राजेन्द्र विमल प्रतिष्ठान

१३. Destination Dolakha, 2017 (2074BS), Short epic,

       Translated by Sita Ram Adhikari, Kala Sahitya Pratishthan

१४. अक्षर आराधना, २०७५, कवितासङ्ग्रह, कलर्स इन्टरन्याशनल पब्लिकेशन्स

१५. आजको आकाश, २०७९, तेस्रो संयुक्त कवितासङ्ग्रह, दायित्व वाङ्‍मय

       प्रतिष्ठान, काठमाडौँ

१६. वाणीका बान्की, २०८०, (अङ्ग्रेजी सूक्तिको पद्यानुवाद),

      (अङ्ग्रेजी उत्कथनहरूको छन्दोबद्ध  नेपाली प्रस्तुति)

सम्पादित पुस्तकाकार कृतिहरूः

१. अननुकरणीय (समालोचना चम्पू), २०६२ समालोचक : कोषराज न्यौपाने

२. एक सय एघार सुभाषित, २०६६, रूपान्तरकार : कोषराज न्यौपाने

३. दैवज्ञ : पद्यध्वनि, २०६६, आरोग्यकामना कविता

४. नव-शेष गाथा, २०६८, संस्मरण ग्रन्थ

५. अडगडयात्रा, २०६९, पद्यसमीक्षा

६. प्रेरणा पुरुष : कवि दैवज्ञ, २०६९, स्मृतिग्रन्थ

७. स्यूर लालीगुराँस, २०७१, कवि दैवराज न्यौपानेको कविता सङ्ग्रह

८. गोगने (काव्य र कविता), २०७१, लोमशकुमार न्यौपानेको काव्य र कविता

९. व्यथाको शिखरिणी, २०७२, रमेश खकुरेलको काव्य

१०. नेपाल (बाल पहेली), २०७२, कवि दैवज्ञराज न्यौपानेको कविताकृति

११. प्रेरक व्यक्तित्व : रामकुमार शर्मा, २०७३, स्मृतिग्रन्थ

१२. दैवज्ञ : स्मृतिपुष्प, २०७३, संस्मरणग्रन्थ

१३. जीवित सपना (कवितासङ्ग्रह), २०७३, कवि दैवज्ञको कविता  सङ्ग्रह

१४. दैवज्ञ : पद्यसञ्चय,२०७४, कवि दैवज्ञराज न्यौपानेको फुटकर कवितासङ्ग्रह

१५. आत्मचिन्तन, २०७४, नरेन्द्रनाथ न्यौपानेको काव्य

१६. भूमिकाभित्र दैवज्ञ (समालोचना र भूमिकाहरू), २०७६

१७. दुई सय बाइस सुभाषित, २०७६, रूपान्तरकार : कोषराज न्यौपाने

१८. रजहाँस, रजतजयन्ती विशेषाङ्क, २०७३, बानेश्वर बहुमुखी क्याम्पस 

१९. पोखरेल दर्पण स्मारिका, पोखरेल राष्ट्रिय प्रतिष्ठान, काठमाडौँ,२०७२-७६

२०. 'गरिमा' साहित्यिक मासिक, साझा प्रकाशन (वैशाख-असोज), २०७४

२१. छन्दसारथि (अग्रज साधकको सम्मान), २०७७, कोकगोष्ठी, प्रतिभा निकुञ्ज 

 र छन्द चौतारी,

२२. 'गरिमा' साहित्यिक मासिक, साझा प्रकाशन (साउन-कार्तिक), २०७९ ।

पुरस्कार र सम्मान :

१. शहीद सप्ताह कविसम्मेलन, २०४१ मा प्रथम,  काठमाडौँ नगर पञ्चायत

२. राष्ट्रिय कविता महोत्सव, २०४९ मा तृतीय, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान

३. भूपालमानसिंह कार्की युवा साहित्य पुरस्कार, २०५३, (नइ प्रकाशन)

४. शिवप्रसाद उन्नयन पुरस्कार, २०५४, उन्नयन प्रकाशन, काठमाडौँ

५. गेरु-अम्बिका कोइराला वाणी सम्मान, २०६१, वाणी प्रकाशन, विराटनगर

६. गङ्गालक्ष्मी साहित्यिक पुरस्कार, २०६१,  जनकपुरधाम, धनुषा

७. महाकवि देवकोटा शताब्दी काव्यसम्मान, २०६६, काठमाडौँ,

८. गणेश-खिलकुमारी जनमत सम्मान, २०६७ जनमत प्रकाशन, बनेपा   

९. शिरोमणि सम्मान, २०६९, शिरोमणि पुस्तकालय, विराटनगर, मोरङ

१०. नेपाल सांस्कृतिक संघ पुरस्कार, २०६९, डिल्लीबजार, काठमाडौँ

११. महाकवि देवकोटा पुरस्कार, २०७२, नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठान, काठमाडौँ

१२. हरिकला-गुणाकर दायित्व रचना पुरस्कार, २०७२, दायित्व वाङ्मय प्रतिष्ठान

१३. व्यथित काव्य वनिता पुरस्कार, २०७३, वनिता प्रकाशन, काठमाडौँ

१४. भानुभक्त सम्मान, नेपाली जनकल्याण समिति, कोलकाता, २०७३, भारत

१५. रमेश विकल सृजनशील साहित्य पुरस्कार,२०७४, रमेश विकल साहित्य प्रतिष्ठान, आरुबारी, गोकर्णेश्वर, काठमाडौँ

१६. नरेन्द्र वाङ्‍मयनिधि सम्मान, २०७५, नरेन्द्र वाङ्‍मयनिधि साहित्य प्रतिष्ठान

१७. सुन्दरप्रसाद शाह 'दुःखी' स्मृति पुरस्कार, २०७५,  सुन्दरप्रसाद शाह 'दुःखी' स्मृति  

 प्रतिष्ठान, काठमाडौँ

१८. बीपी-भूपि स्मृति मञ्जुश्री साहित्यिक पुरस्कार, २०७७, मञ्जुश्री साहित्यिक समाज, काठमाडौँ

१९. धरणीधर पुरस्कार, २०७८, धरणीधर पुरस्कार प्रतिष्ठान, विराटनगर, मोरङ

२०. रावा-सावा प्राज्ञिक सम्मान, २०७९, रावा-सावा प्राज्ञिक समाज, नेपाल

२१. महीपति त्रिलोचन न्यौपाने गोगने स्मृति सम्मान, २०८०, महीपति त्रिलोचन न्यौपाने  गोगने स्मृति प्रतिष्ठान, विराटनगर, मोरङ

२२. आदिमहाकवि उदयानन्द अर्ज्याल सम्मान, २०८०, उदयानन्द स्मारक प्रतिष्ठान,

       काठमाडौँ ।

२३. तिलकुमारी-श्री साहित्य पुरस्कार, २०८०, साहित्य संवर्द्धन केन्द्र, काठमाडौँ

25. YEW SUHNG-GYOU LITERARY AWARD, Traditional Poetry Writers Associationn of the World (TPWAW), 16th of April, 2024.

 शोधपत्रहरू (स्नातकोत्तरस्तरीय)

१. प्रह्लाद पोखरेल : जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन, २०६० चैत्र सीता ढकाल, पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार, काठमाडौँ ।

२. कवि प्रह्लाद पोखरेलको कृतित्वको विश्लेषणात्मक अध्ययन,२०६१ चैत्र

     भगवती ज्ञवाली, पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार, काठमाडौँ ।

३. कुहिराको कम्बल कवितासङ्ग्रहभित्र प्रयोग भएका उखान र टुक्काहरूको    

     अध्ययन,२०६४ बाबुराम खड्का, रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौँ ।

४. आस्थाको गन्तव्य काव्यको कृतिपरक अध्ययन, २०७४ (सन् २०१७)

     फणीन्द्रप्रसाद निरौला, महेन्द्र बहुमुखी क्याम्पस, धरान, सुनसरी ।


No comments:

Post a Comment