गजल - रुपिन्द्र प्रभावी

Friday, September 7, 2012

गजल

गजल        

        –रुपिन्द्र प्रभावी ‘कटु’
संघर्षले सबैको जिन्दगी सिँगार्छ
निराशाले सबथोक त्यसै बिगार्छ

भाग्यको भर पर्नुहुँदैन मित्र
भाग्यले नै जीवनलाई धिकार्छ

उकाली र ओराली नै हो जिन्दगी
निडर हिँडे समस्यालाई पनि घिसार्छ

मेहेनतले पहाड फोड्न सकिन्छ सहजै
पसिनाले घनलाई बञ्चरोझैं तिखार्छ

माटो छोएर हेर, हेर मनलाई धोएर
मनका मयल सबै संघर्षले निखार्छ ।


No comments:

Post a Comment