लघुकथा (चोरी-धर्म) - रुपिन्द्र प्रभावी

Saturday, February 2, 2013

लघुकथा (चोरी-धर्म)

              चोरी-धर्म


                                                          - रुपिन्द्र प्रभावी 'कटु'

आज एकादशी । एकाबिहानै फूलैफूलले भरिएको ढकिया लिएर जाँदै थिए दुईजना भद्र महिला, सायद मन्दिर वा यस्तै कुनै धार्मिक स्थलतिर । हिँड्दै गर्दा बाटोमा ढकमक्क फुलेको फूल देखेर एउटी अलिक अग्ली महिला लम्किइन् फूल टिप्न दायाँबायाँ हेर्दै । 'ए मान्छेले देख्लान् !' भन्दै अर्की अलिक होची पनि के कम उफ्री उफ्री भए पनि प्रयास गरिन् फूल टिप्न उही शैलीमा दायाँबायाँ हेर्दै । यत्तिकैमा घरको छतबाट बूढी आमै कराइन्- 'को हो फूल चोर्ने ? अर्काले कत्ति जतन गरेर राखेको फूल जथाभावी टिप्दो रहेछ ए !' अग्ली बोलिन्- 'आज एकादशी, धर्म गर्न जान लागेका हौँ क्या आमा ।'

No comments:

Post a Comment