पोखराबाट पाठ्यक्रममा मुक्तक समावेश अभियान सुरु - रुपिन्द्र प्रभावी

Wednesday, January 13, 2021

पोखराबाट पाठ्यक्रममा मुक्तक समावेश अभियान सुरु

प्रकाश अधिकारी,

पोखरा । नेपाली मुक्तककै उत्थानका लागि क्रियाशील संस्था  मुक्तक मञ्च पोखराले  'पाठ्यक्रममा मुक्तक समावेश अभियान'  चरणबद्ध रुपमा अघि बढाउने उद्घोष गरेको छ 

 मञ्चले आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी चरणबद्ध कार्यक्रमहरु सार्वजनिक गरेको हो । पछिल्लो समय साहित्यका विभिन्न विधाहरुलाई विभिन्न तहका पाठ्यक्रम र पठ्यपुस्तकमा समावेश गरी अध्ययन/अध्यापन गरिँदै आएको भएपनि  मुक्तक विधालाई पाठ्यक्रममा समावेश गरी अध्ययन/अध्यापन गराउने गरिएको छैन् । अभियानका संयोजक तथा मुक्तक मञ्च पोखराका अध्यक्ष रामजी प्रसाद आचार्य भने 'नेपाली साहित्यकै काव्यविधामा पर्ने मुक्तकले नेपाली भाषा र साहित्यप्रेमीका माझ जुन लोकप्रियता पाएको छ, औपचारिक अध्ययन/अध्यापनमा भने यसले त्यति महत्त्व नपाएको महसुस हामीले गरेका छौँ ।'



"कविताको लघुतम विधाका रुपमा सामान्य चिनारीका रुपमा केही पाठ्यक्रममा समावेश गरिएको भए पनि मुक्तककै सिद्धान्त तथा मुक्तक रचनालाई भने समावेश नगरिएको अवस्थामा विद्यालयदेखि विश्वविद्यालय तहसम्मका पाठ्यक्रममा क्रमशः मुक्तकको सैद्धान्तिक तथा रचनागत रुपमा समावेश गरियोस् भन्ने हेतुले मुक्तक मञ्च पोखराद्वारा चरणबद्ध रुपमा यो अभियानलाई अघि बढाउने उद्घोष गर्दछौँ ।प्रेस नोटमा उल्लेख गरिएको छ ।

विद्यालयदेखि विश्वविद्यालय तहसम्मका पाठ्यक्रममा क्रमशः मुक्तकको सैद्धान्तिक तथा रचनागत रुपमा समावेश गरियोस्  भन्ने अभियानलाइृ सार्थक बनाउन  नेपाल सरकारका विभिन्न निकायहरुमा गएर मुक्तक वाचन सहित  ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको छ । जसअनुसार २०७७ माघ २ गते- पोखरा महानगरपालिकाको शिक्षा महाशाखा,२०७७ माघ ४ गते- शिक्षा विकास तथा समन्वय समन्वय इकाइ, कास्की र  २०७७ माघ ५ गते- सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशमा  ज्ञापन पत्र बुझाउने छ भने  दबाबमूलक मुक्तक वाचनसहित २०७७ माघ ८ गते- पाठ्यक्रम विकास केन्द्रमा ज्ञापनपत्र बुझाउने  कार्यक्रम तय गरिएको  पाठ्यक्रममा मुक्तक समावेश अभियानका संयोजक तथा मुक्तक मञ्च पोखराका अध्यक्ष रामजीप्रसाद आचार्य  जानकारी दिए ।

मुक्तक  मञ्च पोखराले आज पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा मुक्तक मञ्च पोखराका सल्लहाकार तथा साहित्यकार लक्ष्मण थापाले  पाठ्यक्रममा मुक्तक समावेश अभियान निकै सान्दर्भिक भएको बताए । थापाले मुक्तकले नेपाली भाषा र साहित्यप्रेमीका माझ जुन लोकप्रियता पाएको भन्दै  विभिन्न तहसम्मका पाठ्यक्रममा समावेश सकिने भएपनि सानो अभियानले नपुगन्ने बताए ।  साहित्यकार तथा  पत्रकार प्रकाश अधिकारीले स्वागत गरेको कार्यक्रमको अध्यक्षता मुक्तक  मञ्च पोखराका अध्यक्ष रामजीप्रसाद आचार्य र स‌ञ्चालन पाठ्यक्रममा मुक्तक समावेश अभियानका सचिव नवीन भण्डारीले गरेका थिए । 

 

No comments:

Post a Comment